Tinau FM
तिनाउ एफ एम एण्ड मिडिया प्रा।लि।ले व्यापार व्यवसाय लगायत सम्पूण सामाजिक र राष्टिय आयामहरुलाई विधुतीय विज्ञापनमाफर्त जनसमुदायबीच पुय्याउने पुलको काम गर्नेछ भन्ने प्रण गर्दै यहाँहरुको आवश्यक सुझाव र सल्लाहको तिनाउ एफ एम परिवार सदैव अपेक्षा राख्दछ।
विश्व
शान्तिका अग्रदुत भगवान् गौतम बुद्धको जन्मस्थल एवं एतिहासिक औधोगिक एवं
व्यापारिक दृष्टि प्रसिद्द लुम्बनी अञ्चलको बुटवल नगरीमा तिनाउ नदीको नामले
खुलेको तिनाउ ९८।२ एफ एम ले छोटो समयमै आफ्नो विशिष्ट पहिचान कायम गरेको
छ।समय सापेक्ष रुपमा सञ्चारको नयाँ
प्रविधिको आधुनिकीकरणको प्रयोग गरी दुरगामी भविष्य निमार्ण गर्ने
उद्देश्यले यस क्षेत्रका जनसमुदायको सद्भभाव प्राप्त गरेर यस संस्थाको
स्थापना भएको हो र अहिले समाजका सबै क्षेत्रबीच सामञ्जस्य कायम गरि जनभावना
अनुरुप नयाँ आशा र भरोसालाई पूरा गर्न यस
संस्थाले जिम्मेवार लिने जमर्को लिएको छ
आर्थिक सुधार मूल आधार भएकोले यस
संस्थासगँ विज्ञापन सुचना लगायत विभिन्न क्षेत्रबाट हातेमालो गरि सहकार्य
गर्ने सदिक्षा राख्दै सबैको संगम स्थल बनाउन हामी सदैव प्रतिबद्द छौँ।
प्रत्येक क्षेत्रबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपबाट यहाँहरुबाट प्रदान
भएको सहयोग र सद्भभावको हामी सदैव कृतज्ञता व्यक्त गर्दछौँ।
TINAU FM AND MEDIA (PVT.) LTD.
ABHIYAN PATH, KALIKANAGAR, BUTWAL – 12
EMAIL :- tinaufm98.2@gmail.com
Phone :– 0977 071438355
FAX : – 0977 071438350

