|

Nepal FM 91.8




नेपाल एफएम 91.8 नयाँ नेपालको समावेसी रेडियो
Nepal FM 91.8 Socially inclusive radio of new Nepal

नेपाल एफएमको औपचारिक प्रसारण विक्रम सम्वत् २०६१ साल मङ्सिर १८ गते अर्थात् इस्वी सम्वत् 03 Dec 2004 का दिन भएको हो । तत्कालीन प्रधानमन्त्री श्री शेरबहादुर देउबाले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वर काठमाडौँमा आयोजित एक भव्य समारोहबीच कलसाइन प्रसारण गरी नेपाल एफएमको उद्घाटन गर्नुभएको हो। कम्पनी रजिष्टारको कार्यालयमा दर्ता नं. २५०७७/०६०/०६१ रहेको रेन्वो एफएम प्रा.लि. नामको प्राइभेट लिमिटेड कम्पनीले राष्ट्रिय प्रसारण ऐन २०५२ अनुसार नेपाल सरकारबाट एफएम रेडियो सञ्चालन गर्ने इजाजत पत्र नं. १०५/०६०/०६१ प्राप्त गरी सञ्चालन गरेको रेडियो स्टेसनको बोलाउने नाम (कलसाइन) नेपाल एफएम 91.8 हो ।
त्यस बेलासम्म देशभर विभिन्न स्थानमा स्थापना भई प्रसारणमा रहेका विभिन्न १४ स्वतन्त्र एफएम रेडियोसंग नेपाल एफएमले नेटवर्क स्थापना गरी आवश्यक्ताअनुसार एक साथ र अलग अलग प्रसारण गर्न सकिने प्रबन्ध मिलाएर नेपालको पहिलो स्वतन्त्र राष्ट्रिय नेटवर्क रेडियो स्टेसन स्थापना गरेको हो । अहिले नेपाल एफएम नेटवर्कमा ७१ वटा स्वतन्त्र रेडियो स्टेशनहरू आवद्ध छन् ।
नेपालभर प्रसारण हुने समाचार र कार्यक्रमहरूलाई नेपाल एफएम नेटवर्कको परिचय दिइएको छ, भने काठमाडौँमा मात्र प्रसारण हुने समाचार र कार्यक्रमहरूलाई नेपाल एफएम 91.8 परिचयका साथ प्रसारण प्रवन्ध गरिएको छ ।

नेपाल एफएम नेटवर्क
नेपाल एफएम 91.8 इसानी क्लव, काठमाडौँ
पोष्ट वक्स नं. १९४७७
फोन नं ०१ ४२८९१२१, ४२८९१२३, ४३०२३९५
फ्याक्स नं ०१ ४२८३८९५
इमेल:  radio@nfm.com.np
वेभसाइट: www.nfm.com.np

Posted by Butwalonline on 9:46 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "Nepal FM 91.8"

Leave a reply